site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
को हुन् डेनमार्कका नयाँ राजा क्राउन प्रिन्स फ्रेडरिक ?

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा डेनमार्ककी रानी मार्गरेट द्वितीयले गद्दी त्याग्ने घोषणा गरेकी छन् ।

विश्वकै बहालवाला एक मात्रै महारानी एवं युरोपमा सबैभन्दा लामो समय शासन गर्ने जिवित व्यक्तिका रुपमा रहेकी मार्गरेट द्वितीयले जनवरी १४ मा पद त्याग्ने भएकी हुन् । रानी बनेको ५२ वर्ष पुगेको अवसरमा उनले महारानीको पद त्याग गर्न लागेकी हुन् ।

टेलिभिजनमार्फत संबोधन गर्दै उनले भनिन्, “म सिंहासन मेरो छोरा क्राउन प्रिन्स फ्रेडरिकलाई दिँदै छु ।”

डेनमार्ककको राजा बन्नै लागेका क्राउन प्रिन्स फ्रेडरिकले सन् १९९५ मा आरहस विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । डेनमार्कमा विश्वविद्यालय शिक्षा पूरा गर्ने उनी पहिलो शाही शासक बनेका थिए ।

आफ्नो अध्ययनको क्रममा उनले संयुक्तराज्य अमेरिकाको हार्वर्डमा पनि समय बिताएका थिए ।

५५ वर्षे फ्रेडरिकले सन् २००० मा ग्रीनल्यान्डमा चार महिनाको स्की एक्सपेडिसनमा भाग लिएर साहसी व्यक्तिको रुपमा चर्चा पाएका थिए ।

उनकी पत्नी राजकुमारी मेरी अष्ट्रेलियाको तास्मानियामा हुर्केकी थिइन् । वकिलका रुपमा काम गरिरहेकी उनको भेट फ्रेडरिकसँग सन् २००० को ओलम्पिक खेलको समयमा सिड्नीको एक बारमा भएको थियो ।

८३ वर्षीय मार्गरेटले सन् २०२३ को सुरुमा ढाडको शल्यक्रिया गरेपछिको समयमा गद्दी छोरालाई सुम्पिने घोषणा गरेकी हुन् ।

सन् १९७२ मा उनका श्रीमान् राजा फ्रेडरिक नवौंको निधनपछि मार्गरेट द्वितीय रानी बनेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro