site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जबरजस्ती ट्याक्सीमा चढाएर जंगल लगे, रातभर होटेलमा राखेर साढे १३ लाख लुटे !

काठमाडौं । बन्धक बनाएर बैंक खाताको पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय तेजमान तामाङ, ३२ वर्षीय कर्मा छेवाङ थिङ, २६ वर्षीय सैगात तामाङ र ३८ वर्षीय बिरे तामाङ रहेका छन् । उनीहरू सबै सिन्धुपाल्चोकका हुन् ।

प्रहरीका अनुसार उनीहरूले गएको मंसिर १० गते दिउँसो करिब ३ बजेतिर काठमाडौंस्थित चाबहिलबाट हिस्सी थाया तामाङलाई बल प्रयोग गरेर जबरजस्ती ट्याक्सीमा चढाएका थिए । त्यसपछि उनीहरूले जंगलमा लगेर धम्की दिए । धक्कीपछि उनीहरूले तामाङलाई रातभर गागलफेदीको होटलमा राखिएको थियो ।

पुस ११ गते उनीहरूले तामाङको बैंक खाताबाट १३ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । पैसा लिइसकेपछि उनलाई छाडिदिएका थिए ।

सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार उनीहरूलाई बौद्धबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro