site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राधिकरणलाई कानुनसम्मत एक रुपैयाँ तिर्न बाँकी छैन : गोल्यान
फाइल तस्बिर ।

काठमाडौं । उद्योगी पवन गोल्यानले आफूले नेपाल विद्युत् प्राधिकरणलाई कानुनसम्मत एक रुपैयाँ पनि तिर्न बाँकी नरहेको जिकिर गरेका छन् । आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले विद्युत् प्राधिकरणले कानुनी प्रमाण देखाए बिल भुक्तानी गर्ने बताए । रिलायन्स स्पिनिङ मिल्सले विद्युत् महसुलको कुनै रकम तिर्न बाँकी नरहेको उनले स्पष्ट पारे ।

“रिलायन्स स्पिनिङ मिल्सको एक सुका पनि तिर्नुपर्ने भए रगत बगाउन तयार छु,” उनले भने, “प्राधिकरणले हावादारी रूपमा फर्जी बिल पठाएर हुँदैन । डीओडी बिलको जिम्मेवार प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरूलाई भारी बोकाउन मिल्दैन ।”

उनले अरू धागो उद्योग समस्यामा परेका कारण त्यसको सजायस्वरूप आफूलाई अतिरिक्त शुल्क दिन भनिएको जिकिर गरे । अब उद्योगी–व्यवसायी मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ? भन्दै उनले प्रश्न गरे । आफू कुनै पनि महिनाको विद्युत् महसुल बाँकी नराख्ने ग्राहक रहेको उनको भनाइ छ ।

उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर ‘सेन्टिमेन्टल’ कुरा गरेको टिप्पणी गरे । उद्योग खोलेर पाँच हजार नागरिकलाई रोजगारी दिनु अपराध हो ? भन्दै उनले प्रश्न गरे ।

उद्योगको लाइन काटेर दुई लाख श्रमिकको जागिर खोसेर राज्यले लगानी सम्मेलन गर्नु जायज नहुने उनले बताए । भएका उद्योग सबै बन्द गराउने काम सरकारले गरिरहेको उनको भनाइ छ ।

डेडिकेटेड र ट्रंक लाइनको महसुलको विषयमा चार अर्बबाट २२ अर्ब देखाएर जनतालाई भ्रमित बनाउने काम प्राधिकरणले गरेको आरोप उनले लगाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro