site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा बस दुर्घटना, २० जना घाइते

काठमाडौं । दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर–१३, दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

वनभोजका लागि दाङ जाँदै गरेको बस सडक छेउको नालामा पल्टिएको एसपी केसीले जानकारी दिए ।

घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लैजाने काम भइरहेको उनले बताए ।

 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro