site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालकुमारीबाट पक्राउ गरिएका ७३ जनालाई छाडिँदै, मुद्दा नचलाइने

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ ।

उनीहरूलाई शनिबारै छाडिनेछ । पक्राउ गरिएका ७३ जनामाथि कुनै मुद्दा नचलाउने निर्णय गरिएको प्रहरी स्रोतले जानकारी गरायो ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गरेको थियो । मन्त्रीको गाडीमा आगजनी समेत गरिएको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

मृतकको शव पाटन अस्पतालमा राखिएको छ । दुवै शव आफन्तले बुझ्न बाँकी छ । शव बुझ्न कुनै माग भने नगरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर मारिएका वीरेन्द्र शाहका बुवासहित केही पीडित आफन्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शनिबार बालुवाटारतर्फ लागेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro