site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्यदर्शन सहकारी ठगी प्रकरण : काठमाडौंमा पक्राउ परेका उपाध्यक्ष दर्लामीलाई पोखरा ल्याइयो

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । बिहीबार काठमाडौंमा पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए ।

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि दर्लामी फरार थिए । काठमाडौंमा लुकेर बसेको अवस्थामा उनलाई काठमाडौं प्रहरीले कास्की प्रहरीको अनुरोधमा पक्राउ गरेको थियो । 

यो सहकारीको रकम हिनामिना प्रकरणमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर, हालसम्म कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका थिए । रम्तेल अहिले पूर्पक्षका लागि थुनामा छन् । 

पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । 

प्रहरीले राईसहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पुस ६ मा पत्राचार गरिसकेको छ । सहकारीमा १८ हजार ७०० बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ हिनामिना भएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro