site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा प्रहार भयो’ 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामाले कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा उनीमाथि प्रहार भएको बताएकी छन् । 

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को बैठकले लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो । सोही विषय बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उठेको छ । 

बैठकमा बोल्दै सांसद लामाले पुनको बचाउ गर्दै मानहानि हुनेगरी विभिन्न टिकाटिप्पणी गरिएको बताइन् । बैठकमा अन्य सांसदहरूले कार्यकारी निर्देशक नियुक्तिमाथि  प्रश्न उठाएपछि उनले बचाउ गरेकी हुन् ।

“कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा उहाँमाथि प्रहार भयो । यो प्रहार महिला, धर्म, भेगमाथिको प्रहार भएको हो । यसप्रति मेरो घोर आपत्ति छ,” उनले भनिन् ।
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro