site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिस्पर्धा

काठमाडौं । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी भएका छन् । 

चितवनको सौराहामा मंगलबारबाट सुरु भएको १७औँ संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधबार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत सात सुन्दरी हात्तीको प्रतिस्पर्धा सुरु भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । 

पाँच जनाको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ । महोत्सवस्थल सौराहामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको वनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताए ।

उनले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताए । निर्णयक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गतेमात्रै निर्णय गर्ने बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत हुनेछन् । मानिसमा मात्रै सुन्दरता नभइ जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रूपमा अघि बढाएको आयोजकको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro