site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सन्दीपको मुद्दामा जाहेरवालाको बहस सकिँदै, जवाफी बहसपछि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबारदेखि जारी छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइको सुरुआतमा जाहेरवालाका तर्फबाट बहस सुरु भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । 

जाहेरवाला र सरकारी वकिलले आज खाजा समयअघि बहस सक्ने अनुमान गरिएको छ । खाजा समयपछि सन्दीपका वकिलहरूले बहस थाल्नेछन् । सन्दिपका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने सन्दीपको मुद्दामा फैसला आउने छ । 

पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा सन्दीप उच्च अदालतको आदेशबाट देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने आदेश लिएर थुनामुक्त भएका थिए । 

उच्च अदालतको आदेशविरुद्ध पुनः सर्वोच्चमा पुनरावेदन गरेका सन्दीपलाई सर्वोच्चले अनुमति लिएर विदेश समेत खेल्न जान पाउनेगरी आदेश गरेपछि उनी खेल जीवनमा नियमित छन् । 

सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम सुनुवाइ भन्दै इजलास तोकिएपनि सुनुवाइ हुन सकेको थिएन । यसअघि कात्तिक २३ मा न्यायाधीश केशवराज घिमिरेको इजालासले मंसिर २२ भित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो । मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढेपनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहसनोट आइसकेकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गर्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro