site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन रिइन्स्योरेन्सको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाए

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिहान १० बजे बालुवाटारस्थित ताज रिसेप्सनमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाएका छन् । त्यस्तै थप १० कित्ता गरी ४० कित्ता ९६ हजार ५३८ जना भाग्यशाली लगानीकर्तालाई परेको छ ।

कम्पनीको आईपीओमा १५ लाख ७३ हजार ४९० जनाले आवेदन दिएका थिए । तर, आठ हजार ६५५ जनाको आवेदन रद्द भएको थियो । १५ लाख ६४ हजार ५६४ जनाले १० कित्तादेखि ४० कित्तासम्म आईपीओ पाएका छन् ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro