site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मानव तस्करीको आशंकामा चार दिन फ्रान्समा रोकिएको विमान मुम्बई पुग्यो

बीबीसी । मानव तस्करीको आशंकामा चार दिन फ्रान्समा रोकिएको एउटा चार्टड विमान भारतको मुम्बई पुगेको छ । विमानमा ३०३ यात्रुमध्ये २७६ जना भारतीय थिए । 

लिजेन्ड एयरलाइन्सको विमान मंगलबार मुम्बई अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो । चाटर्ड एयरबस ए ३४० विमान युनाइटेड अरब इमिरेट्सबाट ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाका लागि उडेको थियो । इन्धन भर्न विमान फ्रान्सको एक विमानस्थलमा अवतरण गरेपछि मानव तस्करीको आशंका गरिएको थियो ।
 
त्यसपछि विमानलाई बिहीबार पेरिसभन्दा १३० किलोमिटर पूर्वस्थित वेट्री विमानस्थलमा रोकिएको थियो । विमानमा रहेका केही यात्री मानव तस्करीको फन्दामा परेको सूचना प्राप्त भएपछि फ्रान्सका अधिकारीहरूले उक्त चाटर्ड विमानलाई रोकेका थिए ।
 
विमानमा रहेका दुईजना नाबालिगसहित २५ जनाले फ्रान्समा शरण लिने इच्छा व्यक्त गरेपछि उनीहरूलाई अहिले फ्रान्समा नै राखिएको छ । थप अनुसन्धानका लागि फ्रान्सका अधिकारी दुईजना शंकास्पद मानव तस्करलाई फ्रान्समै रोकेका छन् । उनीहरूसँग अहिले सोधपुछ चलिरहेको समाचारमा उल्लेख छ ।

विमानमा रहेका अधिकांश यात्रु युनाइटेड अरब इमिरेट्समा काम गर्ने भारतीय रहेको जनाइएको छ । उनीहरुमध्ये एकतिहाई यात्रु गुजरातका थिए । 

विमानलाई निकारागुवा पठाउनुको सट्टा किन मुम्बई पठाइयो भन्ने स्पष्ट भएको छैन । विमानमा भएका धेरैलाई मानव तस्करले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउन लगेको आशंका गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro