site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन रिइन्स्योरेन्सको आईपीओ यही हप्ता बाँडफाँट हुने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) यही हप्ता बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार वा बिहीबार आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

“हामी तयारी गरिरहेका छौं । यो हप्ताभित्र हामीले बाँडफाँट गर्छौं,” एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार बैध्यले भने, “काम भइरहेको छ । यसैदिन बाँडफाँट गर्ने भन्ने त निर्णय भएको छैन । तर, बुधबार वा बिहीबारसम्म हुन्छ ।”

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले निष्कासन गरेकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । सोही अनुसार कम्पनीको आईपीओमा १६ लाख ६० हजारले आवेदन दिएका छन् ।

आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ । आवेदनको अन्तिम दिनसम्म तीन करोड २२ लाख १५ हजार कित्ता आईपीओ माग गरेका छन् । केही आवेदनहरू रद्ध हुने भएकाले न्यूनतम १० कित्ता सबैले आईपीओ पाउने अनुमान गरिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro