site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उखु कृषकलाई अनुदानबापत ८० करोड भुक्तानी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानबापत ८० करोड रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो ।

बाँकी ५२ करोड बक्यौता भुक्तानीका निम्ति मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृति प्रदान गरिसकेको छ । सो रकम सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध विवरणका आधारमा उनीहरूका खातामा भुक्तानी गरिने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिइन् ।

सरकारले कृषकको संरक्षण र कृषि व्यवसाय प्रवर्द्धन गर्न हरेक वर्ष उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ । चालु आवका निम्ति उखुको  न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ र नेपाल सरकारले प्रदान गर्ने प्रतिक्विन्टल अनुदान रकम ७० रुपैयाँ निर्धारण गरिएको छ ।

उखु उत्पादन हुने विभिन्न जिल्लाका कृषकबाट लिइएको उत्पादन लागत विवरण तथा छिमेकी देशमा तोकिएको खरिद मूल्यलाई समेत विश्लेषण गरी तयार गरिएको प्रतिवेदनका आधारमा कृषि विभागले मूल्य निर्धारणका निम्ति प्रस्ताव गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयोजकत्वमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय किसान आयोग, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका प्रतिनिधि, नेपाल उखु उत्पादन महासंघ, चिनी उत्पादक संघलगायत सरोकारवालाको सुझाव समेतलाई विश्लेषण गरी प्रतिक्विन्टल उखुको लागत २० प्रतिशत मुनाफा र ढुवानी लागत समेत गरी प्रतिक्विन्टल न्यूनतम खरिद मूल्य ५६५ रुपैयाँ सिफारिस गरिएको थियो । रासस

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro