site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाइयो ‘बार डे’

काठमाडौं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले ६८औँ स्थापना दिवस मनाएको छ । एसोसिएसनले ‘विकृति, विसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिका : व्यावसायिक हक, प्रतिष्ठा र पेसागत मर्यादा’ भन्ने नाराका साथ ६८औँ ‘बार डे’ मनाएको हो ।

दिवसका अवसरमा बार परिसर रामशाहपथमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका न्यायाधीशहरू, बारका पदाधिकारी र अधिवक्ता सहभागी थिए ।

कार्यक्रममा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पहिलो बार कार्यसमितिमा रहेका नौ कार्यसमिति सदस्यको तस्बिरमा माल्यार्पण गरेका थिए ।

स्वतन्त्र र जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका निम्ति प्रतिबद्ध हुँदै बार डे मनाइएको उनको भनाइ छ ।

वि.सं. २०१३ साल पुस ७ गते स्थापना भएको बार एसोसिएसनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro