site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्चका नवनियुक्त न्यायाधीशले थाले काम : कोसँग बसे इजलासमा ?

काठमाडौं । सर्वोच्च अदालतमा आज १० इजलास बसेको छ । नवनियुक्त ६ न्यायाधीशसहितको इजलास बसेको हो । संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्त भएका ६ न्यायाधीशलाई बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका थिए ।

नवनियुक्त न्यायाधीशहरूमध्ये बालकृष्ण ढकाल नहकुल सुवेदीसँगको इजलासमा परेका छन् । टेकप्रसाद ढुंगाना तिलप्रसाद श्रेष्ठसँगको इजलासमा परेका छन् ।

यस्तै, नवनियुक्त न्यायाधीश सारंगा सुवेदी सुस्मलता माथेमासँगको इजलासमा परेकी छन् । सुनिलकुमार पोखरेल हरि फुयालसँगको इजलासमा परेका छन् ।

नवनियुक्त न्यायाधीश अब्दुल अजिज मुसलमान मनोजकुमार शर्मासँगको इजलासमा परेका छन् । महेश शर्मा पौडेले कुमार चुडालसँगको इजलासमा परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro