site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिसोबाट बच्न सतर्क रहन आग्रह 
फाइल तस्बिर

काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ । 

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । काठमाडौंमा आज बिहान ५ः४५ बजे ५.६ डिग्री सेल्सियस तापक्रम रहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसो काठमाडौंको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म रहनेछ ।

“काठमाडौंमा आज दिउँसो आंशिक बदली हुनेछ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नभएका कारण आज वर्षाको सम्भावना छैन,” उनले भने, “तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । तर घाम लागेपछि हट्नेछ ।” 

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।   

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । 

आज वर्षा र हिमपातको सम्भावना भने छैन ।     
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro