site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु, नौ घाइते

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । 

मृत्यु हुनेमा आठविसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बाह्रखरीलाई जानकारी दिए । 

दुर्घटनामा रमेश सार्की, खड्गबहादुर पुन, दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ सार्की, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन घाइते भएका छन् । 

घाइतेहरुको नगरअस्पताल आठविसकोटा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 

गए राति सवा १० बजे आठविसकाेट नगरपालिका–१० को इजाखोलानजिक रा१त १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।ट्याक्टर भूकम्पपीडिका लागि जस्तापाता लिएर जाँदै गर्दा सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro