site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीन र रुसबीच व्यापारमा अमेरिकी डलर प्रयोग नगर्ने सहमति

काठमाडौं । रुस र चीनबीच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ ।

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८औँ नियमित बैठकमा यस्तो बताएका हुन् ।

मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उनले बताएका हुन् ।

“पारस्परिक व्यापार लगभग एक तिहाइले बढेको छ । यस बीचमा अधिकांश भुक्तानी अर्थात् ९० प्रतिशतभन्दा बढी स्वदेशी मुद्रामा भएको छ । जसले आर्थिक सम्बन्धमा लगभग पूर्ण डि–डलराइजेसन (अमेरिकी डलर हटाएको) देखाउँछ,” रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले भने ।

रुस र चीनबीचको द्विपक्षीय व्यापारले निर्धारित समयभन्दा अघि नै २०० अर्ब डलरको आँकडा पार गरेको उनले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro