site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढ्यो, कहिले कति गए ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँचौँ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० मंसिरमा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका छन् । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनाका चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा ठूलो गिरावट आएको थियो ।

तर, मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को मंसिरमा ६८ हजार ५६४ जनाले श्रम स्वीकृति लिएका थिए । 

चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् २०८० साउन, भदौ, असोज, कार्तिक र मंसिर महिनामा वैदेशिक रोजगारीमा जानका लागि दुई लाख ७७ हजार ५९२ जनाले विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जान तीन लाख ४९ हजार ८२ जनाले श्रम स्वीकृति लिएका थिए । 

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७१ हजार ४९० ले कमी आएको छ । 

विभागका अनुसार २०८० सालको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कार्तिकमा ४३ हजार ६२२ र मंसिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कार्तिकमा ७८ हजार ३७० र मंसिरमा ६८ हजार ५६४ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro