site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेलायत जान नर्सहरूकोे सम्झौतापत्र आइपुग्यो, मार्च तेस्रो साता पठाउने तयारी 

काठमाडौं । सरकारले बेलायतमा रोजगारीका लागि नर्सहरूलाई मार्च तेस्रो साता पठाउने तयारी गरेको छ । सोहीअनुसार प्रक्रिया अघि बढाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

बेलायत पठाउन पहिलो चरणमा ४५ जना नर्स अन्तर्वार्ताबाट छनोट भएका छन् । बेलायत सरकारबाट आएको सम्झौतापत्र छनोट भएका ४५ जनालाई पठाइएको विभागका इजरायल जापान शाखा निर्देशक गोपालराज तिमिल्सिनाले बताए । 

उनका अनुसार अबको प्रक्रियामा छनोट भएकाहरूको स्वास्थ्य परीक्षण हुनेछ । जसअन्तर्गत टीबी (क्षयरोग)को परीक्षण मात्र गरिनेछ । स्वास्थ्य परीक्षण र पुलिस रिपोर्ट बनेपश्चात विभागले नै भिसा प्रक्रिया अघि बढाउनेछ । 

यो सबै प्रक्रिया पुरा गर्न मार्च तेस्रो सातासम्म लाग्ने निर्देशक तिमिल्सिनाले बताए । बेलायत जान अन्तिम चरणमा छनोट भएका नर्सहरूलाई त्यहाँकै नेसनल हेल्थ सर्भिस फाउन्डेसन ट्रष्टले नै ओरेन्टेसन  दिनेछ । 

बेलायत पुगेका नर्सहरूले पाँच वर्षसम्म ट्रष्ट अन्तर्गतका अस्पतालहरूमा सेवा दिनुपर्नेछ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro