site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर
तस्बिर : मोदीको ट्विटबाट ।

नयाँ दिल्ली । भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ ।

ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराधविरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका निम्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारत भ्रमणमा रहेका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

द्विपक्षीय वार्तापछि दुई नेताबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ ।

दुवै पक्षले ओमान–भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन् । सो कोष भारतीय अर्थतन्त्रको द्रुत वृद्धि हुने क्षेत्रमा लगानीलाई अगाडि बढाउन प्रयोग गरिनेछ ।

ओमानका सुल्तान तारिक शुक्रबार दिल्ली आइपुगेका हुन्  । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro