site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जेरुसेलममा रकेट आक्रमण गरेको हमासको दाबी

काठमाडौं । जेरुसेलम र बेट शेमेशसहितका सहरहरूमा शुक्रबार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ । गाजापट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि ‘अलार्म’ बजेको इजरायली मिडियाले जनाएको छ ।

घाइते वा क्षतिको तत्काल कुनै तथ्यांक आइनसकेको बताइएको छ । इजरायली सेनाका अनुसार कम्तीमा ६ रकेट जेरुसेलमतर्फ प्रक्षेपण गरिएको छ ।

इजरायलको आपत्कालीन उद्धार सेवाका अधिकारी म्यागेन डेभिड एडोमले एउटा रकेट बेट शेमेशमा खाली ठाउँमा खसेको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro