site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा आक्रमण जारी
तस्बिर : एएफपी ।

काठमाडौं । संयुक्त राष्ट्रसंघबाट युद्धविराम प्रस्ताव पारित गरिएपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।

प्यालेस्टाइनी चिकित्सा स्रोतहरूका अनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो । तीमध्ये १० शव बालबालिकाका छन् ।

मध्य गाजामा इजरायली हवाई आक्रमणमा करिब २० जनाको मृत्यु भएको बताइएको छ । उत्तरी गाजापट्टीमा इजरायली आक्रमणमा थप १५ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् ।

स्थानीय एक व्यक्तिले गाजामा कुनै सुरक्षित स्थान नरहेको बताए । आफूहरूले बम विस्फोटको आवाज मात्र सुनेको र विनाशपछि मानिसको शव देखेको केही स्थानीले बताएका छन् । सो क्षेत्रमा १० घर ध्वस्त भएको बताइएको छ ।

गाजा अक्टोबर ७ देखि इजरायली घेराबन्दी र बमबारीमा छ । त्यहाँ अहिलेसम्म १८ हजार ६०० प्यालेस्टाइनीको मृत्यु भएको छ । ५० हजार ५९४ जना घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro