site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा हुस्सु, पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र  कुहिरो लागेको छ ।
    
तराईमा लागेको हुस्सु र कुहिरो पश्चिम र मध्य तराईमा मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जानेछ । पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको छ । हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने विभागले जनाएको छ । 

विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

वर्षा, हिमपात र हुस्सु तथा कुहिरोका कारण चिसो बढ्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

विभागका अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव  छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro