site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३७औँ वार्षिक साधारणसभा, १९ प्रतिशत नगद लाभांश

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७औँ वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैंककी अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा भएको साधारणसभामा बैंकले आर्थिक वर्ष २०२२÷०२३ मा ४.९७ अर्ब रुपैयाँ नाफा कमाएको घोषणा गरेको छ ।

बैंकको आम्दानी ४७ प्रतिशतले बढेर सात अर्ब आठ करोड रुपैयाँ र करपछिको नाफा ५३.६ प्रतिशतले बढेर तीन अर्ब ५० करोड पुगेको छ ।

सञ्चालक समितिले सिफारिस गरेअनुसार बैंकले चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो विगत पाँच वर्षयताकै उच्च र गत वर्षको तुलनामा २.५ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर रहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro