site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनकुटामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते 
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।  

मृत्यु हुनेमा छथर गाउँपालिका–१, तेह्रथुमका २८ वर्षीय दुर्गाबहादुर विश्वकर्मा रहेका छन् । 

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक छथरजोरपाटी गाउँपालिका–६ का १९ वर्षीय निर्मल कटुवालको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ । 

 मध्यपहाडी लोक मार्गको सिधुवाबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश नं–१–०२–००३ त १६६३ नम्बरको ट्रयाक्टर पाख्रीबास नगरपालिका–५, पन्चेभीरस्थितमा आइतबार बेलुका  ब्रेक फेल भई सडकबाट अन्दाजी २५० मिटर तल खसेको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro