site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सामाजिक अभियन्ता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित

काठमाडौं । सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन् ।

अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय योगदान गरेबापत उनलाई सो सम्मान प्रदान गरिएको जनाइएको छ ।

भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका निम्ति योगदान पु¥याउनेमध्ये एकजनालाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

विगत १३ वर्षदेखि उप्रेतीले विशेष स्कुल र पुनर्स्थापना केन्द्र स्थापना गरी अटिजम भएका बालबालिकाका निम्ति सेवा दिँदै आएकी छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro