site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुन–कुन प्रदेशमा हुनेछ हिमपात ? तराईमा हुस्सु, चिसोबाट जोगिन आग्रह 
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात र हुस्सु तथा कुहिरो लाग्ने भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु तथा कुहिरो लाग्नेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहान तराईका भू–भागहरूमा लागेको हुस्सु र कुहिरो लागेको छ । मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ । हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको विभागको भनाइ छ । 

देशका केही प्रदेशमा भू–भागमा हिमपातको सम्भावना तराइमा हुस्सु र कुहिरो लाग्दा देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । 

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro