site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको ज्यान गएको छ । 

आइतबार अपराह्न सवा ४ बजे पोखरा महानगरपालिका–२६ सुन्दरीबजारस्थित पृथ्वीराजमार्गमा बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटरमा सवार युवतीहरूको उपचारको क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार बिकका अनुसार ज्यान गुमाउनेमा पोखरा–२५ हेम्जा बस्ने २३ वर्षीय अनिशा खड्का र पोखरा–५ जिरो बस्ने २४ वर्षीय भावना बराल रहेकी छन् ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro