site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महिन्द्रा एक्सयूभीको सोरुम धनगढीमा

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले कैलालीको धनगढीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एन्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभी–स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्री डबल ‘ओ’ ) सार्वजनिक गर्दै  बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम सञ्चालनमा ल्याएको हो ।

काठमाडौं, इटहरी, जनकपुरधाम, चितवन लगायतका ठाउँमा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक शुभारम्भ गरेपछि धनगढीमा पनि सोरुम उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

नयाँ ट्विन पिक्स ब्रान्डेड महिन्द्राका एक्सयूभी सोरुमको उद्घाटनमा प्रदेशमन्त्री प्रकाशबहादुर देउवा, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र धनगढी, कैलालीका आधिकारिक डिलर ठाकुर मोर्टसका सञ्चालक हरिशङ्कर ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले धनगढी र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच पुर्याउन नयाँ सोरुम सञ्चालनमा ल्याएको बताएका छन् ।

Dhangadi--pr-nepali-Final-1_page-0001-1702216496.jpg

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro