site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केएमसीमा क्यान्सरको बिनाचिरफार उपचार*

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा क्यान्सरको बिनाचिरफार उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको क्यान्सरको सेल नष्ट गरेर बिना चिरफार उपचार गरिएको हो ।

बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा. पंकज काफ्लेले जानकारी दिए ।

एक सेन्टिमिटरभन्दा सानो क्यान्सर पत्ता लगाएर बिनाचिरफार सफलतापूर्वक नष्ट गरिएको यो विश्वमै दुर्लभ ‘केस’ भएको उनको भनाइ छ । नेपालमा पहिलोपटक यस्तो केसको सफलतापूर्वक उपचार गरिएको उनले दाबी गरे ।

केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा.काफ्लेसहितको टोलीले क्यान्सर सेल नष्ट गरेको हो । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

*सच्याइएको 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro