site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अस्थायी आवास निर्माण गर्न आठबीसकोटमा १० हजार लाभग्राही यकिन

त्रिवेणी (रुकुम पश्चिम) । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगपालिकामा अस्थायी आवास निर्माण गर्न करिब १० हजार लाभग्राही पहिचान गरिएको छ ।

भूकम्प गएको एक महिनापछि सार्वजनिक विवरणअनुसार नगरपालिकाका १४ वटै वडामा नौ हजार ९६२ घरपरिवार पहिचान भएको सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

शाहका अनुसार अब सोही आधारमा भूकम्प प्रभावितले अस्थायी आवास निर्माणका लागि रकम प्राप्त गर्नेछन् । यसअघि नगरपालिकाका भूकम्प प्रभावित चार हजार पाँच सयले अस्थायी आवास निर्माणका लागि २५ हजारका दरले ११ करोड २५ लाख प्राप्त गरिसकेका थिए । शाहका अनुसार अब बाँकी पाँच हजार ४६२ ले पहिलो किस्ता वापतको रकम प्राप्त गर्नेछन् ।

नगरपालिकामा हालसम्म निर्माण भएका अस्थायी आवासको तथ्यांक संकलन भइनसकेको उनले बताए । “विभिन्न राजनीतिक दलले स्वयंसेवाका रूपमा अस्थायी आवास निर्माण गरिरहनुभएको छ । केही निर्माण सम्पन्न भएर पनि अस्थायी आवासमा बसिसक्नुभएको छ । यसको यकिन वितरण नगरपालिकामा आएको छैन । विवरण सङ्कलन गरेर एक दुई दिनभित्र सबै वडा कार्यालयलाई पठाउन भनेका छौँ”, उनले भने ।

केही भूकम्पपीडित अस्थायी आवासमा बसे पनि अधिकांश अझै पनि त्रिपालकै भरमा बस्न बाध्य छन् । नगरप्रमुख रवि केसीले मंसिर भित्र भूकम्प प्रभावित सबैलाई अस्थायी छानामुनि ल्याउने गरी काम भइरहेको बताए ।

जिल्लाका छवटै पालिकामा आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित १५ हजार ६८९ का लागि पहिलो किस्ताबापत ३९ करोड २२ लाख २५ हजार सम्बन्धित स्थानीय तह विपद् व्यवस्थापन समितिको खातामा पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro