site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या
तस्बिर : एपी ।

मस्को । युक्रेनका संसद् सदस्य इल्या किभाको बुधबार मस्कोनजिकैको एउटा होटेल पार्कमा साइलेन्सर (आवाज नआउने) हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन् ।

समाचार समिति तासका अनुसार उनी बसेको होटेलको पार्कमा शव भेटिएको थियो । सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जीयूआर)ले किभाको मृत्युको जिम्मेवारी लिएको छ ।

जीयूआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यामा जीयूआरको संलग्नता स्वीकार गरेका छन् ।

ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटेलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताले हत्याको आपराधिक मामिला खोलेका छन् । प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro