site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बालबालिकाको हेरचाह गर्न १४० दिन बिदा दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना कर्मचारीलाई १४० दिनको अभिभावकीय बिदा दिने भएको छ । बैंकले यही डिसेम्बर ५ देखि लागु हुने गरी कर्मचारी रहेका आमाबाबुलाई कम्तीमा २० हप्ताको बिदा दिने निर्णय गरेको हो ।

कर्मचारी महिला वा पुरुष र ‘एडप्ट’ गरिएका बालबालिका भए पनि हेरचाहका निम्ति तलबी बिदा दिइने बैंकले जनाएको छ ।

बैंकले मातृत्व, पितृत्व वा धर्मपुत्र बिदालाई संयुक्त रूपमा अभिभावकीय बिदा भनेर १४० दिन दिइने जनाएको छ ।

बैंकको मानव संशाधनका प्रमुख राजन उदासले बालबालिकालाई परिवारमा स्वागत गर्नु एउटा महत्त्वपूर्ण अवसर भएको उल्लेख गरेका छन् । यो निर्णयले राम्रो अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro