site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं । सिंहदरबार प्रवेशका लागि दक्षिण गेटमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेटमा चेकजाँचमा कडाइ गरिएको हो । असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्नसक्ने अशंकालाई लिएर प्रहरीले सिंहदरबार प्रवेशमा सुरक्षा मजबुत बनाएको हो । 

सिंहदरबारभित्र छिर्ने सवारी साधन र पैदलयात्रीलाई यतिबेला चेकजाँच गरिएको छ । प्रहरीले सवारी साधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro