site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल स्काउटमा १२ वर्षपछि निर्वाचनको तयारी

काठमाडौं । १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ ।

बालबालिका तथा युवाहरूको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषद्हरू र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने मिति तोकिएको तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले जानकारी दिए । 

निर्वाचनअघि यही मंसिर ३० गतेभित्र ‘अनलाइन’ सदस्यता आवेदन भर्न सूचना जारी गरिएको छ । ती निर्वाचन पर्यवेक्षणका लागि विश्व स्काउट संगठन (ओजम) र वाग्सका अन्तर्राष्ट्रिय प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ ।

 विसं २०६८ मा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुन सकेको छैन । विसं २०७० मा तत्कालीन प्रमुख आयुक्तले राजीनामा दिएपछि, नेपाल स्काउट तदर्थ समितिका आधारमा चल्दै आएको छ ।

नेपाल  स्काउट ऐन, २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भए पनि आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro