site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सुनचाँदी’ र नगदसहित बनेपाबाट भारतीय नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ‘सुनचाँदी’ र नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित साङलीका ३९ वर्षीय सचिन विभुते छन् ।

सोमबार बेलुका उनलाई काभ्रेको बनेपा नगरपालिका–७, बखुन्डोलबाट नियन्त्रणमा लिइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनी बखुन्डोलस्थित सूर्य शाक्यको घरमा डेरा गरी बस्दै आएका थिए । उनको कोठामा खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो धातु अन्दाजी २० तोला, १६२ तोला चाँदी र पाँच लाख ७६ हजार १३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro