site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
प्रतीकात्मक तस्बिर ।

सिमकोट । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेब अंग फडेरा मृतावस्थामा फेला परेका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरीमा रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ ।

फडेरा गएको शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले उनलाई सोमबार दिउँसोे मृतावस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, “घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन । घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरीचौकीको टोली घटनास्थलमा पुगेको छ ।”

मुचुल्कापछि आज बाजुराको कोल्टीस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा शव परीक्षणका निम्ति लैजाने प्रनाउ खनालले बताए । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro