site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छुट्टाछुट्टै स्थानमा पाँचजना मृत फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखाका ४१ वर्षीय निमा लामा आइतबार मृत अवस्थामा फेला परेका छन् । उनी बोडे क्षेत्रमा मजदुरीको काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१७ स्थित सिस्नेखोलामा घोराह–१७, घनिबगियाका ६० वर्षीय हिरालाल चौधरी मृत अवस्थामा फेला परेका जनाइएको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१, नवज्योती टोलकी ४७ वर्षीया रूपा सुनार आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुरको ललितपुर महानगपालिका–२५, भैँसेपाटी, ओकाथलीमा डेरा गरी बस्दै आएकी झापाकी ४० वर्षीया एलिना राई आफू बस्ने कोठाको बाहिरपट्टिको शौचालयमा मृत अवस्थामा फेला परेकी छन् ।

झापाको गौरादह नगरपालिका–४, डोरामारीका ७५ वर्षीय जयप्रसाद संग्रौला गौरादह–४ र गौरादह–६ को सिमानामा पर्ने दामुनाखोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro