site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले छान्यो नयाँ अध्यक्ष
इमरान खान । फाइल तस्बिर ।

काठमाडौं । हाल जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो पार्टी प्रमुखबाट हटेका छन् । खानका एक वकिल शनिबार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)को अध्यक्षका रूपमा निर्वाचित भएका हुन् ।

योसँगै उनी आउँदो फेब्रुअरी ८ मा हुने राष्ट्रिय निर्वाचनमा सामेल हुन सक्नेछन् ।

इमरान आफैँले सिफारिस गरेका ७१ वर्षीय गोहर अली खान पीटीआईको नयाँ अध्यक्ष बनेका हुन् । पीटीआईका प्रमुख निर्वाचन आयुक्त नियाजुल्लाह नियाजीले गोहर निर्विरोध निर्वाचित भएको बताए ।

खानले अर्को वर्षको निर्वाचनमा लड्न नदिन आफूविरुद्ध १५० भन्दा बढी मुद्दा दायर गरिएको बताएका छन् । आउँदो वर्ष सन् २०२४ मा पाकिस्तानको संसदीय निर्वाचन हुने तय छ । अलजजिराबाट ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro