site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लुम्बिनी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 
आइतबार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति गण्डकी, लुम्बिनी र कर्णालीलगायत वाग्मती, सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro