site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते
प्रतीकात्मक तस्बिर ।

गोरखा । गोरखामा ट्याक्टर दुर्घटनामा परी शनिबार एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा सहिद लखन–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ का ट्याक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका छन् । चितवनमा उनीहरूको उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro