site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भूकम्पपीडितलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकको एक करोड ३३ लाख सहयोग

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि सहयोग प्रदान गरेको छ ।

बैंकले शुक्रबार आफ्नो आपतकालीन प्रतिक्रिया साझेदार ब्रिटिस रेडक्रसलाई एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ हजार नेपाली रुपैयाँ) प्रदान गरेको बताएको हो ।

भूकम्पपीडितको उपचार, चिकित्सा सहायता, खाद्यान्न, पानी र हिउँदका लागि राहत सामग्रीलगायत खरिद गर्न उक्त रकम नेपाल रेडक्रस सोसाइटीलाई दिइने बैंकले जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तीदारले भूकम्पपीडितप्रति ऐक्यबद्धता जनाएका छन् ।

उनले नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा आवश्यकताको समयमा सहयोग गर्नु सकारात्मक परिवर्तनको वाहक हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro