site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपाली बेलायतीभन्दा अगाडि, एक वर्षमा गरे २० करोड डलर लगानी

काठमाडौं । लगानीको अभावमा नेपालभित्र घरजग्गा कारोबार सुस्ताइरहेको बेला अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीले ठूलो लगानी गरेको पाइएको छ ।

अष्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले यसैसाता सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीको ठूलो लगानी रहेको देखिएको हो । ट्रेजरी डिपार्टमेन्ट अष्ट्रेलियाको विदेशी लगानी नियामक निकाय हो ।

प्रतिवेदन अनुसार जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नपालीहरुले २० करोड डलर लगानी गरेका छन् । उक्त एक वर्षको अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा सातौं ठूलो लगानी नेपालीहरुको रहेको प्रतिवेदनमा उल्लेख छ । 

चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा ठूलो लगानी नेपालको छ ।  अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने प्रमुख १० राष्ट्रमा नेपाल पछाडि इन्डोनेसिया, बेलायत र मलेसिया छन् । 

पछिल्लो एक वर्षमा अष्ट्रेलियामा घर–जग्गा कारोबारका लागि नेपालीले गरेको २८१ वटा प्रस्ताव पास भएको प्रतिवेदनमा उल्लेख छ । 

पछिल्लो तीन महिना (२०२३ को अप्रिल, मे र जुन) मा मात्र अष्टे«लियाको घरजग्गा व्यवसायमा नेपालीले १० करोड डलर लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अवधिमा मात्र नेपालीहरुको घर–जग्गा किन्ने ८८ वटा प्रस्ताव स्वीकृत भएको छ ।

जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा सबैभन्दा बढी चीनले ३.४ अर्ब डलर लगानी गरेको छ । 

त्यही अवधिमा हङकङले ६० करोड डलर, भियतनामले ४० करोड डलर, ताइवानले ३० करोड डलर, भारतले २० करोड डलर, सिंगापुरले ३० करोड डलर, इन्डोनेसियाले २० करोड डलर, बेलायतले २० करोड डलर र मलेसियाले २० करोड डलर लगानी गरेका छन् । 

गत आर्थिक वर्ष सन् २०२१÷२२ मा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले ०.१ अर्ब डलर (१० करोड डलर) लगानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष अष्टे«लियाको घर–जग्गा व्यवसायमा नेपालीको लगानी दुई गुणाले बढेको प्रतिवेदनमा जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro