site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल र हमासबीच थप दुई दिन युद्धविराम गर्ने सहमति

काठमाडौं । इजरायल र हमासबीच थप दुई दिन युद्धविराम गर्ने सहमति भएको छ । कतारको विदेश मन्त्रालयले युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको बताएको छ । 

कतार इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिकामा रहेको छ ।

हमासले पनि थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको पुष्टि गरेको छ ।

चारदिने इजरायल–हमास युद्धविरामको आज अन्तिम दिन हो । 

इजरायल सरकारले अझै १८४ इजरायली नागरिक हमासको नियन्त्रणमा रहेको बताएको छ ।

अल्जजिराको सहयोगमा ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro