site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कारखाना नै खोलेर गाँजा उत्पादन, ठूलो परिमाणको गाँजासिहत तीनजना पक्राउ

काठमाडौं । बझाङ प्रहरीले गाँजा बनाउने कारखानामा छापा मारेर तीनजनालाई पक्राउ गरेको छ । साथै ठूलो परिमाणमा गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरिएको प्रहरीले जनाएको छ । 

जिल्लाको खप्तड छान्ना गाउँपालिका–७ गोर्खालीमा खडकबहादुर खड्काको घरबाट तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ६४ वर्षीय खड्कासहित गाँजा बनाउने काममा संलग्न गोरखा अजिरकोट गाउँपालिका–२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका–३ का ५५ वर्षीय राम गुरुङलाई पक्राउ गरेको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro