site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्यमा नयाँ कीर्तिमान
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि, गएको कात्तिक ११ र १२ गते छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मै उच्च मूल्य हो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro