site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासको नियन्त्रणमा रहेका १३ जना बन्दी शुक्रबार रिहा हँदै

काठमाडौं । हमासको नियन्त्रणमा रहेकामध्ये १३ जना बन्धक शुक्रबार रिहा हुने भएका छन् । उनीहरूलाई स्थानीय समयअनुसार अपराह्न ४ बजे रिहा गरिने कतारले जनाएको छ । कतारले इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

रिहाइ हुने बन्दीबारे कुनै जानकारी दिइएको छैन । तर, उनीहरू महिला र बालबालिका हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

बन्धकलाई सुरक्षितरूपमा गन्तव्य देशमा पुर्‍याउन रेडक्रसलाई हस्तान्तरण गरिने छ ।

कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेबाट हुने छ ।

चारदिने युद्धविरामका क्रममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । अर्कोतर्फ इजरायलले १५० जना प्यालेस्टाइनीलाई रिहा गर्ने छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro