site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दियामा युवकको हत्या गर्ने थप दुईजना पक्राउ

काठमाडौं । बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या गर्ने थप दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–५, बंगलामुखीटोलका २० वर्षीय आलोक आश्रित र वडा नं ४, गणेशचोकका १९ वर्षीय सुमन सुनार छन् । 

हत्या गरी फरार रहेका उनीहरूलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले हत्या आरोपमा पाँचजनालाई पक्राउ गरेको थियो । 

गुलरिया नगरपालिका–५, सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको थियो । 

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । 

कात्तिक २७ गते राति दुई समूहबीच झगडा भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro