site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अनलाइनमार्फत ठगी गरेको आरोपमा नौजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा नौजना पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनारसहित पाँच नेपाली र चार भारतीय नागरिक गरी नौजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीको धनगढी उपमहानरपालिका–५, तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा सुनारसहितका व्यक्तिले अवैध रूपमा आईटी सेक्टर सञ्चालन गरेको सूचना प्रहरीले पाएको थियो । त्यसरी विभिन्न बहानामा ‘मनी लाउन्डरिङ’, दुर्घटना बिमालगायत विषयमा प्रलोभनमा पारी पोल्यान्डलगायत देशका नागरिकलाई अनलाइन ठगी गर्ने गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

उनीहरूलाई नगद २९ लाख ३२ हजार ३०० भारु, ल्यापटप ११, मोबाइल १०, वाइफाइ राउटर एक, हेडफोन १२ र किबोर्ड एकथानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro